काठमाडौं उपत्यकामा तरकारी र खाद्य पसल सवा ९ बजेसम्म खोल्न पाइने

0
0

काठ्मान्डौ,७ भदौ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्य पसल खोल्न पाउने निर्णय गरेको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुला राख्न सकिनेछ ।” त्यसैगरी अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध, फलफूल–तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा ९ बजेसम्म खोल्न सकिने निर्णय पनि गरिएको छ ।

Leave a Reply