काठमाडौं,१२ भदौ । सज्जा चौलागाईँ नेपाल आइडल सिजन–३ को विजेता भएकी छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल ३ को बिजेता बन्न सफल भएकी हुन्। उनले बिजेताको उपाधि उचाल्दै गर्दा सबैले अपेक्षा गरेका प्रवीण बेडुवाल फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले। दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेताको घोषणा गरीएको थियो ।
मनोहर मिडिया प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com शारदा नगरपालिका १२ सल्यान बाट संचालन भइ नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।