(नेकपा)को सचिवालय बैठक तीन बजेसम्मका लागी सर्यो

0
1

काठमाडौं,१८ भदौ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक तीन बजेसम्मका लागि सरेको छ । नेकपा सचिवालयको आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो तीन बजेका लागि सरेको हो ।

बैठक तीन बजेका लागि सारेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ । उहाँले बैठक किन सारिएको भन्ने बारे खुलाउने भएन । बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रियसभाको रिक्त पदमा राष्ट्रपतिबाट मनोनित गर्ने पात्रको छनोट लगायतका विषयमा छलफल गर्ने तयारी रहेको बताइएको छ ।

#khabar ajako #sachibalya baithak

Leave a Reply