दक्षिण अफ्रिकी क्रिकेट बोर्डमाथि सरकारको हस्तक्षप

0
1

एजेन्सी \काठ्मान्डौ,२६ भदौ ।दक्षिण अफ्रीकाको क्रिकेट बोर्ड ९सीएसए० माथि त्यहाँको सरकारले हस्तक्षप गरेको छ । सरकारले बिहीबार बोर्डमाथि हस्तक्षप गरेको जनाइएको छ । बोर्डमाथि अफ्रिकी खेलकुद महासंघको प्रत्यक्ष संलग्नतामा त्यहाँको ओलम्पिक कमिटिले हस्तक्षप गरेको जनाइएको छ ।

यससँगै दक्षिण अफ्रिकी क्रिकेट बोर्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को निलम्बनमा पर्ने सम्भावना बढेको छ । बोर्डमाथि सरकारी हस्तक्षप आईसीसीको नियम विपरित भएकाले निलम्बनको सम्भावना बढेको हो ।

अफ्रिकी क्रिकेटको ठूलो विवाद सतहमा नआए पनि त्यहाँको ओलम्पिक कमिटि तथा खेलकुद महासंघले बोर्डको कार्यशैली मन नपराएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । सरकारी पक्षले बोर्डलाई नियन्त्रणमा लिएको बताउँदै सबै कर्मचारीलाई विदामा जान निर्देशन दिएको छ ।

सरकारले अफ्रिकी क्रिकेटमा लामो समयदेखि भ्रस्टाचार भएको आरोप लगाएको छ । पछिल्लो एक वर्षको अवधिमा बोर्डले मनोमानी भएकाले आफ्नो नियन्त्रणमा लिएको सरकारी पक्षले बताएको छ । यसअघि सरकारी पक्ष र क्रिकेट बोर्डबीच छलफलसमेत भएको थियो । छलफलमा दक्षिण अफ्रिकी खेलकुद महासंघले बोर्डसँग क्रियाकलापको विस्तृत विवरण मागेको थियो । तर बोर्डले विवरण उपलब्ध गराएको थिएनन् ।

Leave a Reply