एकै दिन थपिए एक १ हजार ४५९ जना कोरोना संक्रमित

काठ्मान्डौ,३० भदौ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।उनीहरुमध्ये ३७१ जनाको मृत्यु भएको छ । ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६२ जना डिस्चार्ज भएका छन् ।

देशभरमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्