छ महिना पछि आज देखि सार्बजनिक यातायात सञ्चालन हुदै

0
1

सल्यान,२ असोज।कोरोना भाइरस महामारीका कारण बन्द रहेका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालन भएका छन् । गत चैत महिनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दूरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा आएका हुन् ।

आज बिहानै देखि बसपार्कमा यातायात व्यवसायी, कर्मचारी, मजदुर र यात्रुको चहलपहल बढेको छ । लामो दूरी तथा अन्तरजिल्लाका लागि आजैदेखि बस सञ्चालनमा आएका छन ।

 

सरकारले कोरोना भाइरसको महामारीको समयमा गाडी सञ्चालन गर्दा बनाएको मापदण्डका आधारमा गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्ने, ५० प्रतिशतसम्म भाडा बढाउने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गरेर मात्र बस सञ्चालन गरीने बताईएको छ र
“यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नुपर्नेछ ।

 

 

Leave a Reply