सल्यानमा गाउँपालिका अध्यक्ष सहित प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण

0
16

सल्यान,१३ असोज । सल्यानमा गाउँपालिका अध्यक्ष सहित प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगी, प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्कालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार प्रदेश प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणको क्रममा उनिहरुलाई कोरोना देखिएको हो । उनिहरु सँगै त्रिवेणी गाउँपालिकामा ३ र छत्रेश्वरी गाउँपालिकामा ५ कर्मचारीहरुलाई पनि कोरोना देखिएको छ ।

छत्रेश्वरी गाउँपालिकामा कार्यरत पत्रकार बुद्धि हमाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनि छिटो खबर डटमका प्रधानसम्पादक हुन् । अहिले आफुहरु भोटेचौरको आइसोलेसनमा बसेको उनले जानकारी दिएका छन् ।

Leave a Reply