पछिल्लो २४ घण्टामा देशभर ४हजार ३६४ कोरोना संक्रमण पुष्टि

काठमाडौ,२२ असोज। पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -(कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्