पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

42

काठमाडौं,२असोज । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।

यस सँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ ।

देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्