अब सातामा दुई दिन मात्र कोरोनाको प्रेस ब्रिफिङ हुने

7

काठमाडौं,१२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्