सरकारी वकीलको कार्यालय सल्यानका प्रमुख दुर्घटनामा घाइते

6

सल्यान, १४ कात्तिक । जिल्ला सरकारी वकीलको कार्यालय सल्यानका प्रमुख भिमसेन काफ्ले  दुर्घटनामा परी घाईते भएका छन।

धादिङको धुनिवेशि नगरपालिका–६ घर भएका ४० वर्षिय काफ्ले सवार जिल्ला सरकारी वकीलको कार्यालय सल्यानको गाडीलाई शुक्रबार ट्रकले ठक्कर दिदा उनि घाइते भएका हुन् ।

काठ्माण्डौबाट सल्यानतर्फ आइरहेको बा १ झ ९१६८ नम्बरको सरकारी वकिलको गाडीलाई पूर्वपश्चिम राजमार्ग अन्तगर्त पुर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका –१ दुम्किीबास र अरुणखोला बिचमा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते काफ्लेको अवस्था खतरामुक्त भएको र ठक्कर दिने ट्रकको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्