पछिल्लो २४ घण्टामा देशभर तीन हजार ११४ कोरोना संक्रमित थपिए

8

काठमाडौं,१८ काक्तिक । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ११४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ११४ संक्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट एक हजार ४ जनाको मृत्यु भएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४१ हजार १३४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म देशभर एक हजार २७७ जना क्‍वारेन्टिनमा रहेका छन् ।यससँगै कुल संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ ।

शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर दुई हजार ९३३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १५० जना डिस्चार्ज भएका थिए । सोमबार देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्