पूर्वसभामुख महराले पत्नी सीतालाई गरे अन्तिम विदाइःकाजकिरिया गृह जिल्लामा

6

काठ्मान्डौ,१९ काक्तिक ।पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन्।कोरोना पोजेटिभ देखिएकी निमोनिया लगायत बाट पीडित सीताको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।

सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो।दाङमा उपचार सम्भव नभएपछि गत कात्तिक १४ गते हेलिकप्टरमा राखेर सीतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो।बुधबार पशुपति आर्यघाटमा महराले पत्नीलाई अन्तिम विदाइ गरेका हुन्। महरा परिवार आज नै दाङ जाँदैछन्।

दाङमा छोरा एटमको घरमा काजकिरिया गर्ने तयारी उनीहरूको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्