एक साताका लागी सल्यानको प्रमुख व्यापारीक केन्द्र श्रीनगर शिल

17

सल्यान,२३ कात्तिक। सल्यान श्रीनगरका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएपछि श्रीनगर बजार क्षेत्रलाई कार्तिक २३ देखि कार्तिक २९ गते सम्म सिल गरिएको छ । शारदा नगरपालिका वडा नं १ ले एक विज्ञप्ती जारी गर्दै कार्तिक २३ गते विहान १० बजे देखि बजार क्षेत्र सिल गरिएको जनाएको छ ।लक्ष्यण सहितका संक्रमित भेटिन थालेपछि आवश्यक सर्तकता र रोकथामका लागि बजार सिल गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले बताए ।
विहान ६ देखि १० बजे सम्म सुरक्षा सावधानी अपानाएर बजार खोल्न दिने र त्यसपछिको समयमा अत्यावसकीय बाहेकका सबै पसल बन्द गर्न समेत विज्ञप्तीमा आव्हान गरिएको छ ।कोरोनका कारण ज्यान गुमाएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्न समेत बडाले आग्रह गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्