२४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

4

काठमाडौं,२७ कात्तिक। पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् । उनीहरुमध्ये २९ हजार ३८४ होम आइसोलेसनमा छन् भने ३७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९७३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना छन् ।

कास्कीका ७१ जना, मोरङका ५७, रुपन्देहीका ५६, तनहुँका ५२, दाङका ५१, काभ्रे र कैलालीका ५०र५० जना, झापाका ४९, बाँकेका ४४, सुनसरी र चितवनका ३९र३९ जना, मकवानपुरका ३६, बर्दियाका २१, स्याङ्जाका २०, गुल्मीका १९, नुवाकोटका १८, पाल्पाका १७, सिराहाका १६, धनुषा, दोलखा र कञ्चनपुरका १४र१४ जना, नवलपरासीका १३, पर्सा, गोरखा र लमजुङका १२र१२ जना, धादिङका ११ र बाग्लुङका १० जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोक र बझाङका ९र९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८र८ जना, सप्तरी र प्युठानका ६र६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५र५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४र४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३र३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २र२ जना तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्