नगरमा ३३ संक्रमित थपिय सँगै जिल्ला अस्पताल सल्यान एक सातालाई बन्द

27

सल्यान २८, कात्तिक ।जिल्ला अस्पताल सल्यान एक सातालाई बन्द गरिएको छ । चार चिकित्सकसहित स्वास्थ्य कार्यालयका एक कर्मचारीलाई कोरोना पोजिटिभ देखिए पछि जिल्ला अस्पताल सल्यान एक सातालाई बन्द गरिएको हो ।
चिकित्सक र कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य कार्यालयले शुक्रबारदेखि मंसिर ६ गते सम्मका लागि जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय बन्द गरिएको हो ।
अस्पतालले आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ कुमार श्रेष्ठले जानकारी दिए । संक्रमित डाक्टर तथा कर्मचारी होम आइसोलेसनमा रहेको उनले जानकारी दिनुभयो ।
त्यस्तै शारदा नगरपालिका स्वास्थ्य शाखाले बिहिवार सङ्कलन गरेको ४६ जना नगरवासीहरुको स्वाव परिक्षणको पछिल्लो रिपोर्ट मध्य ३३ जनाको रिपोर्ट पोजिटिभ देखिएको नगर स्वास्थ्यले बताएकोछ।
नगरका कोरोना फोकल पर्सन रबिन बिस्टका अनुसार पोजिटिभ हरुको सम्पर्कमा रहेका विभिन्न क्षेत्रको अग्रमोर्चामा कृयाशिल र सर्वसाधारण हरुको स्वाव सङ्कलन पछि आज आएको रिपोर्टमा ३३ जनामा कोरोना पोजिटिभ देखिएकोहो।
कोरोना समुदाय स्तरमा गएकोले स्वास्थ्य मापदण्ड कायम गर्न र सतर्क रहन नगरले अनुरोध गरेकोछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्