कोराना बाट मृत्युहुनेको सख्या कर्णालीमा १७ जना पुग्यो

3

सुर्खेत,२९ कात्तिक ।सुर्खेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका थप एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको प्रदेश अस्पतालमा शनिवार विहान ४ बजे मृत्यु भएको हो।

आइतवार स्वाब संकलन गरी गरिएको परीक्षणमा सोही दिन संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका उनलाई सास फेर्न अप्ठ्यारो भएपछि सोमबार राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो।

अस्पतालमा भर्ना हुँदा अक्सिन स्याचुरेसन न्यून रहेको उनलाई आकस्मिक तथा अन्य आवश्यक उपचारसहित अक्सिजन दिइएको थियो।
सोमबार विहान करिब ४ बजे बेहोस भएको र अक्सिजन स्याचुरेसन धेरै कम भएको, नाडीको गति तथा श्वास प्रश्वास नपाइएका हुँदा २५ मिनेटसम्म छाती थिचेर व्युँताउने प्रयास गरिएको भए पनि सफल हुन सकेन। उनीसहित कर्णालीमा मृतकको संख्या १७ पुगेको छ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्