महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रेरक भनाईहरु

6

काठमाडौं,२९ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

देवकोटा नेपाली साहित्यका महाकवि हुन् । उनी नेपाली साहित्यमा कविता, नाटक, आख्यान, निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाएका बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेको योगदान उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्यजस्ता अद्वितीय कृतिहरु लेखेका छन् ।
विशेषगरी लक्ष्मीप्रसादको मुनामदन लोकप्रिय छ । उनका कृतिसँगै भनाइहरु पनि उत्तिकै लोकप्रिय छन् । हेरौं महाकवि देवकोटाका केही प्रेरक भनाइहरु स्

( मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

( कुनै पनि मानिसको सबै हातमा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

(सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापि वीर हुन सक्दैन ।

( खराब बीचबाट पनि असल कुरा सिक्नु महान्‌ता हो ।

( चुलीलाई ताक्नु, तिर्सना राख्‍नु र उचाइँतिर लम्कनु नै पर्वतारोही हो ।

( दर्शन भय हो भने कविता सत्य हो ।

( घर चिन्‍न घर छाडौं तर घर नबिर्सौं ।

( जीवन एक पाङ्‌ग्रजस्तो हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

( मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

(सहर र गाउँमा जम्मा दुई कुरा फरक छन् ।
सहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ,
गाउँमा घर टाढा हुन्छन् तर मन नजिक हुन्छ ।

( सुन भनेको हातको मैला हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्‍नु खाँदा मिल्छ ।

( संसार अध्यारो समान हो ।

( जीवन भनेको खाग समान छ त्यसैले यसको घमण्ड नगर ।

(मृत्यु जहिले पनि तिम्रो अगाडि हुन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्