श्रीनगर बजार थप एकसाताका लागी बन्द

कार्तिक ३०, सल्यान ।सल्यान श्रीनगर बजार ७ दिनको लागि पूर्ण रुपमा सील गरिएको छ । शनिवार बसेको जिल्ला सुरक्षा समिति सल्यानको बैठकले श्रीनगर बजार ७ दिनको लागि पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य सेवा, प्रेटोल पम्प, बैंक बाहेकका सबै खाले क्षेत्र तथा सेवाहरू पूर्ण रुपमा बन्द गरिएको छ। शारदा नगरपालिका कार्यपालिकाको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले सिल गर्ने निर्णय गरेको हो ।
शारदा नगरपालिका वडा नं १ को चैवाङ जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिम्चौर, पट्नेरी, वडा नं २ को जोगिदेउखोला, वडा नं ६ को बराला सम्मको क्षेत्र मंसिर ६ गते सम्मको लागि सिल गरिएको छ ।
श्रीनर बजारमा गरिएको ४६ जनाको स्वाब संकलन गरी पि।सी।आर। जाँच गर्दा ३३ जनामा कोरोना पोजिटिभ देखिए पछि यो निर्णय गरिएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिएका छन । अर्को निर्णय नभए सम्मको लागि यी क्षेत्रमा पूर्ण रुपमा सिल गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।यस अघि बजारलाई २३ गते देखि २९ गते सम्म शिल गरीएको थियो ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्