पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि

7

काठमाडौं,२ मंसिर। पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्