थप ५ दिनका लागी श्रीनगर बजार शिल,अनावश्यक भिडभाड गर्न नपाईने

62

सल्यान ७, मंसिर ।सल्यानको श्रीनगर बजार थप ५ दिनका लागी सिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सल्यानले शनिबार एक सूचना जारी गर्दै जिल्लाको प्रमुख व्यापारी केन्द्र श्रीनगर बजार सहित आसपासका क्षेत्रमा कोरोना संक्रमनको उच्च जोखिम रहेकोले शारदा नगरपालिकाको वडा नं १ मा पर्ने श्रीनगर, शान्तिनगर, बेलघारी क्षेत्र, वडा नं २ मा पर्ने जोगिदेउखोला र वडा नं ६ को बरला क्षेत्रहरुलाई मंसिर १० गते सम्म सिल गरिएको सूचनामा उल्लेख गरिएको छ ।
साथै यस अबधिमा हिडडुल गर्न, भेला, जमघट तथा भिडभाड गर्न निषेध गरिएको छ। यसअघि कात्तिक २३ गते देखि मंसिर ६ गतेसम्म दुइ पटक गरेर १४ दिन सिल भइसकेको छ।

सुचना:

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्