काठमाडौं,७ मंसिर । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।
कहाँ कति संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौंमा ७७३, ललितपुरमा १३१, भक्तपुरमा ५३, मोरङमा ८६, कास्कीमा ७६, झापामा ६५, दाङमा ५४, भक्तपुरमा ५३, सुनसरीमा ५२, कैलालीमा ४६, रुपन्देहीमा ४०, सिराहामा २६, नुवाकोट र पाल्पामा २५र२५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै बाँकेमा २२, धादिङमा १३, इलाम, धनुषा र कञ्चनपुरमा ९र९, संखुवासभा, काभ्रे र चितवनमा ८र८, उदयपुर, बारा र सप्तरीमा ७र७, तनहुँ, लमजुङ, स्याङ्जा, गुल्मी र नवलपरासीमा ६र६ र महोत्तरी, मकवानपुर र बैतडीमा ५र५ जना संक्रमित भेटिएका छन् ।
खोटाङ, दोलखा, सिन्धुपाल्चोक, प्युठान, बर्दिया, रोल्पा र बझाङमा ४र४ जना, ओखलढुंगा, पर्सा, सर्लाही, गोरखा, बागलुङ, अर्घाखाँची र कपिलवस्तुमा ३र३, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, रामेछाप र सिन्धुलीमा २र२ र पाँचथर, सोलुखुम्बु, रौतहट, नवलपरासी पूर्व, म्याग्दी र अछाममा १र१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।