वडा अध्यक्षले मनोमानि तरीकाले काम गरेको भन्दै स्थानियद्धारा वडा कार्यालय तालाबन्दि

609

पुष्कर बिहानी\ सल्यान, ८ मंसिर।सल्यानको छ्त्रेस्वरी गाउपालिका वडा न.३ को वडा कार्यालय अनिश्चित कालकोलागि तालाबन्दी गरिएको छ।

गा.पाको २०७७र७८ को निकासित बजेट बिनियोजन प्रक्रियामा छ्त्रेस्वरी गा.पा वडा ३ को बजेट वडाका ३ जना सदस्यको बहुमतमा गा.पामा बुझाएको बजेट सिलिङलाई अपमान गरि वडा अध्यक्षले एकलौटी ढ्ङ्गले एकै निश्चित एरियामा बजेट राखेकाले त्यस वडाका स्थानीयले तालाबन्दी गरेका छ्न ।

एकलौटी शासनको चपेटामा परि रहेको र यस्तो अपमानजनक तरिकाले ल्याएको बजेट प्रती साथै गा.पाको निर्णयले पारित गरेको र बस्ती छुएका सडक मर्मतको लागि १००० घण्टाको काम पनि बाटो मर्मत नगरी एक पटक मर्मत गरेको बाटोलाई डबल कटिङ गर्दै गरेको काममा पनि घोर आपत्ती छ प्रेस बिज्ञप्तिमा भनिएको छ।

यस बिषयमा छलफल नगरुन्जेल सम्म सम्पूर्ण कामकाज बन्द गर्ने र उत्त वडा तालाबन्दी गरिने छ।सो निर्णयलाइ बेवास्था गरेमा स्थानिय बासी कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छ्न।

यस्तो छ प्रेस बिज्ञप्ति

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्