देशभरमा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि

17

काठमाडौं,९ मंसिर। देशभरमा २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भइसकेका छन । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्