भेरीगंगामा लैगिक हिंसाको १६ दिने अभियान सुरुहुने

48

बिनोद घिमेरे।सुर्खेत,९ मसिंर ।लैगिक हिंसा अन्त्यको प्रतिवद्धता ब्यति समाज र सबैको ऐक्यवद्धता भन्ने मुल नाराका साथ भोली बुधबार अर्थात मसिंर १० गते देखी मसिंर २५ गते तदअनुसार २०२० नोबेम्बर २५ देखी डिसेम्बर १० सम्म भेरीगंगा नगरपालिका सुर्खेतमा भेरीगंगा नगरपालिकाका उप प्रमुख रेणु आचार्य ढकालको संयोजकत्मा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

सो कार्यक्रममा १३ वटा वडाका महिलाहरुलाई लैगिक हिंसा सम्बन्धी कार्यक्रम ,अपांग भएका १३ जना बिद्याथीलाई शैक्षिक सामाग्री बितरण,बिद्याथीको प्रतिभा पहिचान कार्यक्रम , ब्लड संकलन कार्यक्रम र उत्कृष्ट महिलालाई पुरस्कार बितरण गरीने गरी भेरीगंगामा लैगिक हिंसाको १६ दिने अभियान सम्पन्न गरीने बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्