आज थप १२५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि

14

काठमाडौं,१४ मंसिर। पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् भने १४७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्