सल्यानको दार्मा गाउँपालिकामा ग्रामिण स्तरमा विद्युतिकरणको काम तिव्र

11

सल्यान,१५ मंसिर । सल्यानको दार्मा गाउँपालिकामा ग्रामिण स्तरमा विद्युतिकरणको काम तिव्र गतिमा भैरहेको छ । आइतबार वडा नम्बर १ को कार्यालय दार्मकोटको बस्ति र वडा नम्बर ६ को किमिटाकुरामा बत्ति बालेर उद्घाटन गरिएको छ ।

२०७६ कार्तिक २० गते गाउँपालिकाको केन्द्र फारूलामा बालेको बत्ति अहिले ५ वडाका विभिन्न बस्तिमा विस्तार भएको छ । आइतबार एकैदिन बागेलाखुरी– चिप्ले– किमुटाकुरा र फारूला – दार्माकोट लाईनको बत्ती उद्घाटन प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले गरेका हुन् ।
३० वर्ष हुँदा पनि बस्ति स्तरमा विस्तार हुन सकेन

सल्यानबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद टेक बहादुर बस्नेतले सल्यानमा बत्ति बलेको ३० वर्ष हुँदा पनि बस्ति स्तरमा विस्तार हुन नसकेको बत्ति पछिल्ला बर्षमा द्रुत रूपमा बढेको बताका छन् । उनले भने, ‘सल्यानमा बत्ति आएको २०४० सालमा हो तर हामीले यत्रो बर्ष बर्षपछि गाउँमा बत्ति बालेपनि यसको विस्तार अझै बाँकी रहेको छ ।’

पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले अध्यारो चिर्न बत्ती बाल्नुपर्ने भन्दै आधारभुत समाजवाद गाउँमा आएको अनुभुती दिलाउन अझै बाँकी रहेको बताए । विगतमा गाँस, बाँस र कपासका मात्रै आधारभुत आवश्यकता मानिएपनि समाजवादका लागि विकासका अन्य पुर्वाधारलाइ पनि जोड्नुपर्ने उनले बताए ।

 

आधुनिक जनप्रतिनिधिले विकासका पुर्वाधारको उपयोग आफू पनि गर्दै जनतालाई पनि गराउदै आएको भन्दै उनले अहिलेको व्यवस्था ल्याउन जनताले ठुलो बलिदानी गरेको समेत बताए ।

विद्युतिकरणका लागि अझै पौने १२ करोड आवश्यक पर्छः अध्यक्ष केसी

कार्यक्रमलाइ सम्बोधनका क्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले गाउँपालिकाको विद्युतिकरणका निम्ती ४ करोड ४० लाखको काम भएको बताए । त्यसका लागि पुरै पालिकामा विस्ताको लागि अब अझै ११ करोड ७६ लाख आवश्यक पर्ने भन्दै संघिय सरकारलाई पहल गरिदिन आग्रह गरे ।

उनले ३० बर्षमा नभएका विकास अहिलेका ३ तहका सरकारले गरेका छौ भन्दै विकासले गति लिएको अवस्थामा यसको जगमा टेकेर समृद्धिमा अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष टिका शर्मा वली, दुवै वडाका वडाध्यक्षहरु दुर्गा मल्ल र कवि कुमार चन्द, कार्यपालिका सदस्य पहल बहादुर केसी, पुतला खड्का, नेकपाका स्थानीय नेता रत्न बहादुर वली लगायतले सम्बोधन गरेका थिए । दुवै स्थानमा भएका कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले गरेका थिए ।

वडा नम्बर ६ को किमुटाकुरामा जडान गरिएको ट्रान्सफर्मरबाट सुनारगाउ, मलिक्चा, ज्षामिरेचौर, रूमालेगाउ, पातेटाकुरा, बागखोरका बासिन्दा र वडा नं। १ को कार्यालय कोटमा जडान गरिएको ट्रान्सफर्मरबाट कोट आसपासका बस्तीमा बत्ती बल्नेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्