थप १३०४ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि

11

काठमाडौं,१६ मंसिर । पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् भने १५२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५३० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना छन् ।

कास्कीका १०० जना, झापाका ६८, मोरङका ६२, सुनसरीका ५२, रुपन्देहीका ४५, काभ्रेका ४०, बाँकेका ३०, मकवानपुरका २९, चितवनका २२, बर्दिया र अछामका १९र१९ जना, बैतडीका १८, नवलपुरका १५,
धनुषा, पाल्पा र कञ्चनपुरका १४र१४ जना, बाग्लुुङका १३, डडेलधुराका १२, इलाम, सिन्धुपाल्चोक, स्याङ्जा र कैलालीका ११र११ जना, तनहुँ र बझाङका १०र१० जना तथा सप्तरी, कपिलवस्तु र गुल्मीका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ र अर्घाखाँचीका ८र८ जना, नवलपरासी र बाजुराका ६र६ जना, सिराहाका ५, ओखलढुंगा, बारा, सर्लाही, रामेछाप, लमजुङ, दाङ र प्युठानका ४र४ जना, पर्सा, महोत्तरी, रौतहट र गोरखाका ३र३ जना, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङका २र२ जना तथा पाँचथर, नुवाकोट, पर्वत, म्याग्दी, रोल्पा, डोटी र दार्चुलाका १र१ जनामा संक्रमण देखिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्