सुर्खेतको भेरीगंगा नगरपालिकामा दुई एम्बुलेन्स ऐन विपरित सञ्चालनमा

51

बिनोद घिमेरे/काठमाडौं,१८ मंसिर। सुर्खेतको भेरीगंगा नगरपालिकाकामा दुईवटा एम्बुलेन्स सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भैरहेको पाइएको छ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो। दुर्इवटा एम्बुलेन्स अहिले अस्थायी नम्बर प्लेटमा चलिरहेका छन । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९१४० बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्लेट लिनुपर्ने हुन्छ । तर नगरपालिकाका दुर्इवटा एम्बुलेन्स भने अहिले निर्बाधरुपमा विभिन्न रुटमा आवातजावत गरिरहेका छन्।

एम्बुलेन्स अहिले छिन्चुदेखी बीरेन्द्रनगर, नेपालगंज हुदै काठमान्डौ सम्म विरामी लिएर आवातजावत गर्ने गरेका छन। एम्बुलेन्सले रोड परमिट, दुर्घटना विमा लगायतका कानुनी प्रक्रिया नपुर्याइ खुल्मखुल्ला विरामी ओसार पसार गरिरहेका हुन्। जसको कारण यस्ता एम्बुलेन्समा सवारको दुर्घटना भएमा विमा, उपचार खर्च लगायतका सुविधाबाट बन्चित हुन्छन्। यातायातका साधन नियमसंगत भए वा नभएको नियमन गर्ने निकाय ट्रफिक प्रहरी समेत मुकदर्शक बनेको छ।

यद्यपी ट्राफिक प्रहरी यी रुटमाहरु २४ सै घण्टा ड्यिुटि निर्वाह गरिरहेका हुन्छन्। नियम विपरित निर्वाध रुपमा चलिरहेका यस्ता यातायातका साधनहरुलाई कारबाहीको दायरामा ल्याई कानून पालना गराउन नसक्नु ट्राफिक प्रहरीको काम, कर्तव्य तथा कार्यक्षमता माथि आशंका पैदा भएको छ। यस्तै सुर्खेतमा सञ्चालित यस्ता प्रकृतिका अन्य यातायातका साधनहरु ९टिप्पर, जीप, भ्यान० कानुनविपरित निर्वाध रुपमा चलिरहेका छन्। तर नियमनकारी निकायको मौनता देखिएको छ।

यस्तै जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रसाद आचार्यले यस्ता प्रकृतिका सवारी साधनलाई कारबाहीको दायरमा ल्याइने बताउनुभयो। ट्राफिक र प्रहरीको निगारनी रहने मंगलगढी चौक, सुब्बाकुना, बांगेसिमल, छिन्चु, बबई, इत्राम लगायतका सिमानाकाबाट निर्वाधरुपमा यस्ता यातायातका साधनहरु सञ्चालन भैरहेको छन्।

यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले अस्थायी नम्बर प्लेटमा एम्बुलेन्स संञ्चालनमा भएको स्वीकार गर्नुभयो।उहाँले यातायातमा दर्ताको प्रकृयामा रहेको छिटै दर्ता गरेर संञ्चालन गरिने बताउनुभयो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्