अन्तिराष्ट्रिय अपाङ्ग दिबसको अबसरमा भेरीगंगामा अपाङ्गमैत्री संरचना बिषयक अन्तरकृया कार्यक्रम

68

बिनोद घिमेरे/सुर्खेत,१८ मंसिर ।लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०७७ मंसिर १० गते देखी मंसिर २५ गते तदअनुसार २०२० नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाउने सन्दर्भमा आज अन्तरास्ट्रिय अपाङ्ग दिबस कोभिड १९ पश्चापको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्ग भएका ब्यतिहरुको पहुच र दिगो बिकासका लागि हामी सबैको प्रतिबद्धता भन्ने मुल नाराका साथ २९ औँ अन्तिराष्टिय अपाङ्ग दिबसको सुअबसरमा अपाङ्गमैत्री संरचना बिषयक अन्तरकृया कार्यक्रम भेरीगंगा नगरपालिका उप प्रमुख रेणु आर्चाय ढकालको संयोजकत्व र नगर प्रमुख भुपेन्द्र बहादु चन्दको प्रमुख आथ्थितामा भेरीगंगा नगरपालिकाको सभाहलमा सम्पन भएको छ ।


अन्तरकृया कार्यक्रममा अपाङ्ग भएका ब्यतिहरुले आफु बस्ने छात्राबासको महिनामा एक पटक अबलोकन गर्नुपर्ने , बस्नको ब्यबस्था कस्तो छ ,शैक्षिक सामाग्री ब्यबस्था गरिदिनु पर्ने, अपाङ्ग मैत्री भौतिक संरचनाको ब्यबस्था गरिदिनु पर्ने ,रोजगारीमा पनि समेटनु पर्ने, समस्याहरु राखेका थिए ।
सो कार्यक्रममा अपाङ्ग भएका बिद्याथी भाई बहिनीहरुलाई कपी कलम बितरण गरिएको थियो । उत्त कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रसासकिय अधिकृत जगत बहादुर बस्नेत ,अपाङ्ग पुर्नस्थापना केन्द्र अध्यक्ष टेक बहादुर ओढ, वडा अध्यक्ष, लगायत बिभिन्न संघसस्थाको समेतको उपस्थित रहेको थियो

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्