पछिल्लो २४ घण्टामा थप १२७२ जना कोरोना भाइरस संक्रमित भेटिए

5

काठमाडौं,१९ मंसिर। पछिल्लो २४ घण्टामा थप १२७२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०४१ वटा पीसीआर परीक्षणमा १२७२ संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५७५ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्