सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने

34

काठमाडौं,२२ मंसिर। सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको स्रोतले बतायो ।

सगरमाथाको उचाइ मापन कार्य आर्थिक वर्ष ०७५र०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाइ मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर मंसिर १० गते बुधबार बसेको मन्‍त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।

 

15 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्