काठमाडौं,२४ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन् । जसमा भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३ जना छन् ।
कुन जिल्लामा कति संक्रमित ?
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३९, चितवनमा ३६, नुवाकोटमा २८, झापामा २६, मोरङमा २३, डडेल्धुरामा २२, बाँकेमा २०, इलाम र बर्दियामा १५र१५, सुनसरी र रसुवामा १३र१३, लमजुङमा १०, सोलुखुम्बु, मकवानपुर र नवलपरासी पूर्वमा ८र८, स्याङ्जा, दाङ र नवलपरासीमा ७र७ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै धनुषा, तनहुँ, कपिलवस्तु, कैलाली र बाजुरामा ६र६, धादिङ, बागलुङ, पाल्पा र बैतडीमा ५र५, उदयपुर, संखुवासभा, पर्सा, बारा, सप्तरी र प्युठानमा ४र४, काभ्रे, गोरखा, पर्वत, अर्घाखाँची, गुल्मी, जुम्ला, सुर्खेत र दार्चुलामा ३र३, महोत्तरी, रौतहट, सिराहा, सर्लाही र सिन्धुपाल्चोकमा २र२ र ताप्लेजुङ, भोजपुर, दोलखा, रामेछाप, म्याग्दी दैलेख, कञ्चनपुर र बझाङमा १र१ जना संक्रमित भेटिएका छन् ।