काठमाडौं,२५ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।
हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।
कहाँ कति संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३३८, कैलालीमा ९४, मोरङ र कास्कीमा ६७÷६७, सुनसरीमा ६६, रुपन्देहीमा ५६, ललितपुरमा ५१, झापा र अछाममा ४८र४८, दाङमा २६, भक्तपुर, पाल्पा र बाँकेमा २५र२५, चितवनमा २२ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै लमजुङ र कञ्चनपुरमा १९र१९, बैतडीमा १८, बझाङमा १४, गुल्मीमा १३, सप्तरीमा १२, बागलुङमा ११, काभ्रे र बर्दियामा १०÷१०, नवलपरासी र प्युठानमा ९÷९, सिराहा, गोरखा, तनहुँ र डडेल्धुरामा ८र८, धनुषा, धादिङ र डोटीमा ७र७, मकवानपुर र कपिलवस्तुमा ६र६ जना संक्रमित फेला परेका छन् ।
ताप्लेजुङ, महोत्तरी र नुवाकोटका ५र५, बारा, रसुवा, स्याङ्जा र अर्घाखाँचीमा ४र४, उदयपुर, सर्लाही र सुर्खेतमा ३र३, धनकुटा, संखुवासभा, पर्सा, रौतहट, दोलखा, सिन्धुपाल्चोकर सिन्धुलीमा २र२ र इलाम, खोटाङ, पाँचथर, नवलपरासी पूर्व, डोल्पा र सल्यानमा १र१ जना संक्रमित भेटिएका छन् ।