पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

17

काठमाडौं,३० मंसिर । पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्