३८२८ नमुना परीक्षण ४८१ जनामा संक्रमण पुष्टि

11

काठमाडौं,१२ पुस । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १८२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्