हरि थापा/सल्यान,२३ पुस। एशियन लाइफ इन्स्योरेन्सको सल्यान शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बागचौर नगरपालिका ७ सल्यान निवासी स्व.हरि बहादुर वलिको परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीले विहिवार सल्यानको कोटबारामा मृतकको घरमै पुगी मृतककी श्रीमती देबि वलिको परिवारलाई १ लाख ३५ हजार ३ सय रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । मृतक हरि वलिको गत असोजमा आफ्नै निवासमा कालगतिबाट निधन भएको थियो । निजले १ लाखको बीमा गरि ५ बर्षमा ३१ हजार विमा शुल्क जम्मा गरेका थिए ।
कार्यालय प्रमुख टेकम प्रसाद धितालले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराएका थिए ।