पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

18

काठमाडौं,२६ पुस। पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२८६ परीक्षणमा १६० जना पुरुष र ९९ जना महिला गरी २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५८ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ४ हजार ४२२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११७९ जनाको होम आइसोलेसनमा छन् भने १९१ जनाको आईसीयू र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्