२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा

58

अनुराग बोहरा/काठमाडौं,२६ पुस। २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सल्यानको शारदा नगरपालिकाले पौष २७ गते नगरपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार नगर प्रमुख सुरेश अधिकारीले राष्ट्रिय एकता दिवस शुभकामना सन्देश दिदै नगरपालिकाले बिगतमा जस्तै यस बर्ष पनि सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका छ्न ।

मेयर अधिकारीले राष्ट्रिय एकता दिवसको युगिन अवसरमा सम्पूर्ण शारदा नगरवासीमा आपसी सद्भाव, सहकार्य र भातृत्वप्रेमको मार्ग बाट बिकास र समृद्धिको किरण छर्न सकियोस भनेर शुभकामना व्यक्त गरेका छन ।

वाइसे र चौविसे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका बडा महाराजधिराज पृथ्वी नारायण शाहको जन्म जयन्तीमा नेपालमा राष्ट्रिय एकता मनाइने चलन भएपनि गणतन्त्र आएपछि सरकारले उक्त दिवस मनाउन र सार्वजनिक विदा दिन बन्द गरेको थियो । तर शारदा नगरपालिकाले नगर भित्र सार्वजनिक बिदा दिएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्