सल्यानमा बसको ठक्करबाट मोटरसाईकल चालक्को मृत्यु

188

सल्यान,२९ पुस ।सल्यानमा बसले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्युु भएको छ ।सल्यानको ढोरचौरबाट श्रीनगर तर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका ६ बरला निवासी ३० वर्षीय बिरेन्द्र भण्डारीलाई मध्यान १२ बजेतिर बसले  बरला नजिकै  ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै घाइते भण्डारीलाई जिल्ला अस्पताल सल्यान पुर्याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो।

ठक्कर दिने बस चालक फरार भएको र बसलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले त्याहाँको अबस्था तनाबग्रस्त भएको र स्थानियहरुले आवागमनामा अबरोध गरीरहेको प्रहरीले खबरआजकोलाई जानकारी दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्