बिनोद घिमेरे/सुर्खेत,३ पुस।गरौ योग डटेर,जान्छ कोभिड हटेर भन्ने आदर्श वाक्यका साथ छैटौं राष्ट्रिय योग दिवस भेरिगङ्गा नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा सभ्य र भब्य तरिकाले भेरिगङ्गा न।पा जहरे बजारमा प्रभात फेरि र विभिन्न योग प्रणायाम व्यायाम तथा सभा गर्दै सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख श्री भुपेन्द्र वहादुर चन्द,विशेष अतिथी नगर उप(प्रमुख रेनु आचार्य ढकाल,विशेष अतिथी प्रमुख प्रशासकिय अधिकृत श्री जगत बहादुर वस्नेत,अतिथिहरुमा भेरिगङ्गा नगरपालिका सामाजिक बिकाश समितिका सम्योजक तथा भेरिगङ्गा न।पा वडा नस् ८ का वडा अध्यक्ष श्री पदम खत्री,वडा न स् १२ का वडा अध्यक्ष हरि प्रसाद कडेल,ब्रह्माकुमारी इश्वरिय विश्वविद्यालय भेरिगङ्गाका प्रमुख ब्रमाकुमारी आरती रेग्मी, नगर कार्यपालिका सदस्य प्रतीक्षा बि।क,राजनैतिक पाटि प्रमुख तथा प्रतिनिधीहरु, नगर सभा सदस्यहरु,पत्रकार,सुरक्षाकर्मी,नगर स्वास्थ्य शाखाका सह(सम्योजक,स्वास्थ्य चौकी प्रमुख, नगरपालिकाका कर्मचारी,,सहकारी संघ तथा उध्योग व्यापार सङ्ग,आयुर्वेद औषधालय सन्चालन तथा ब्यवस्थापन समितिका पदाधिकारीहरु,लगायतको उपस्थिति रहेको थियो।
मैनतडा आयुर्वेद औषधालय सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा भेरिगङ्गा नगरपालिका वार्ड न ९ का वडाध्यक्ष श्री लक्षुमण राणा ज्यु को अध्यक्षतामा भयको कार्यक्रमको सन्चालन ज्ञानु भुषाल ले गर्नु भयको थियो।
कार्यक्रममा योग प्रशिक्षण भेरिगङ्गा नगरपालिका आयुर्वेद स्वास्थ्य शाखा प्रमुख श्री छविलाल खड्काले र मनोशान्ती तथ्या ध्यान कक्षा ब्रमाकुमारी आरती रेग्मी ले गर्नु भयको थियो
मनोहर मिडिया प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com शारदा नगरपालिका १२ सल्यान बाट संचालन भइ नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।