राष्ट्रिय संगितकर्मी संघ सल्यानको प्रथम अधिबेशन सम्पन्न

14

सल्यान,३ माघ ।राष्ट्रिय संगितकर्मी संघ सल्यानको प्रथम अधिबेशन सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित वालमन्दिरको हलमा शनिवार राष्ट्रिय संगितकर्मी संघ सल्यानको प्रथम अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले कुल बहादुर वलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेमिका शर्मा, सचिवमा रविन रोका र कोषाध्यक्षमा लिला खत्री रहेका छन ।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको सो अबशरमा नगर प्रमुख अधिकारीले नेपाली मौलिक लोक कला र संस्कृतिको संरक्षण गर्नुपर्ने आबश्यकता रहेको औँल्याएका हुन। अहिलेको समयमा पुराना नेपाली लोकसंस्कृति लोप हुदैँ गएको बताउदैँ प्रमुख अधिकारीले युवापुस्तालाई यसको संरक्षणमा आकृर्षित गर्न आबश्यक रहेको बताएका थिए । राष्ट्रिय संगितकर्मी संघ सल्यानका नवनिर्वाचित अध्यक्ष वलीले नेपाली मौलिक कला, गला र संस्कृतिको संरक्षणका लागी यसको भुमिका महत्वपुर्ण हुनेमा जोड दिएका हुन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्