२४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

15

सल्यान,१० माघ। पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ७३४ जना निको भएका छन् भने १९९४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३ हजार ४५२ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ७७८ जना संस्थागत आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्