सल्यान,१२ माघ ।२० वर्षको कलिलो उमेरमा ब्लड क्यान्सर जस्तो रोगबाट पिडित बषन्ती बि.कलाई आर्थिक सहयोग गरीएको छ। सल्यान जिल्ला स्थीत शारदा नगरपालिका वडा नम्बर १ मा क्रियाशिल नब शक्ति युवा क्लवले सहयोग रकम हस्तान्तरण गरेको हो ।शिव जन माध्यमीक विद्यालयका साथै शिव जन क्यापस र क्लवको आन्तरीक कोषबाट गरी ३६ हजार पाँच सय तिस रुपयाँ बिरामि बषन्ती बिक र निजका बुबालाई क्लबका अध्यक्ष कुमार केसी तथा अन्य उपाध्यक्ष र सदस्यहरुको रोहबरमा उनको घरमै गएर हस्तान्तरण गरीएको हो ।
रकम हस्तान्तरण गर्दै निज बषन्ती बिकको स्वास्थ्य लाभको कामना गर्दै आगामि दिनमा पनि निजकोलागी सहयोग संकलणको कार्यलाई निरन्तरता दिने बताईएको छ ।कलबका सदस्यहरु जिबराज डाँगी,सर्कुन्ज महर,तिलक खड्का,विशाल भण्डारी र टेकम वलीले यस्तो रोग जो कोहिलाई पनि लाग्न सक्ने भन्दै सबैमा सहयोग समेत गरीदिनुहुन आग्रह गरेका हुन।बषन्ती बिक अहिले आर्थिक अभाबका कारण घरमै रहेकी छिन ।
https://www.youtube.com/c/MANOHARMEDIAPVT/
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस