पछिल्लो २४ घण्टामा देशभर ३०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि

13

सल्यान,१३ माघ। पछिल्लो २४ घण्टामा देशभर ३०३ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६४ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने २०१७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार २५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २ हजार ५०३ जनाको होम आइसोलेसनमा छन् भने ७४९ जनाको आईसीयू र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्