पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि

12

सल्यान,२२ माघ। पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ८७८ जनाको परीक्षण गर्दा ५९ जना महिला र ११२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने २०३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २ हजार २७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ७७० जनाको होम आइसोलेसनमा छन् भने ६१ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्