सल्यान,२५ माघ । सल्यानको बागचौर नगरपालिकाले लिएको कृषि प्राविधिक तर्फको लिखीत परीक्षाको प्रश्नपत्र शंकासपद भएको भन्दै परीक्षार्थीले कार्यालय अगाडी नाराबाजी गरेका छन् ।
आईतबार उनिहरुले परिक्षा रद्द गर्नुपर्ने र परिक्षा समितीका कर्मचारीले राजिनामा दिनुपर्ने लगाएतका नारा लगाएका छन् । परीक्षार्थीकाअनुसार पेपरमा लेखिएका प्रश्नको उत्तरलाइ नै सांकेतिक चिन्ह दिएर परिक्षा लिइएको थियो । विभिन्न ३ तरिकाबाट प्रश्नको सहि उत्तरलाइ संकेत गरिएको परिक्षार्थीहरुले बताएका छन् ।आइतबार नगरपालिकाले लिएको कृषि प्राविधिकको करार कर्मचारीको लागि प्रश्नपत्र नै शंकास्पद देखिएको हो ।
प्रश्नपत्रमा विभिन्न ३ तरिकाबाट प्रश्नको सहि उत्तरलाइ संकेत गरिएको परिक्षार्थीहरुले बताएका छन् । यसरी शंकास्पद ढंगले प्रश्नपत्र बनाएर आफ्ना नजिकका मान्छे भर्ति गर्न खोजेको भन्दै परीक्षा दिइसकेपछि परिक्षार्थीहरुले बागचौर नगरपालिकाको कार्यालय अगाडी नाराबाजी गरेका हुन।
उनिहरुले पहिले नै सेटिङ मिलाएर आफ्ना मान्छेलाइ भर्ती गर्नको लागि यसरी सहि उत्तरलाइ थोप्लोले शंकेत गरेको आरोप लगएका छन।
उक्त परीक्षामा सल्यान,रोल्पा, रुकुम, दाङ, जुम्ला लगाएतका जिल्लाबाट परिक्षार्थीहरु सहभागी भएका थिए । जम्मा ६ जना कृषि प्राविधिक कर्मचारी आवेदन मागेकोमा २ सय ६८ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।