ने.वि संघ सल्यानको संगठन विस्तार अभियान सुरु

88

सल्यान,२५ माघ । नेविसंघ सल्यानले आज देखि जिल्ला स्तरिय संगठन विस्तार अभियान सुरुवात गरेको छ । नेविसंघ सल्यानका जिल्ला उपाध्यक्ष प्रेमनारायण विक को संयोजकतामा सुरूवात भएको अभियानको पहिलो दिन आज शिव जान मा वि शितलपाटि मा सन्दिप कवर को अध्यक्षतामा ५५ सदस्यीय मा वि ईकाई गठन गरिएको छ ।

जसमा उपाध्यक्ष माया विक,विपना केसि,पुष्पा केसि,सचव,रमेश रावत,तिला सिजालि,सह सचिव,विना राणा,पुष्पा थापा,कोषाध्यक्ष,भुमिका खड्का,प्रवक्ता सुरज परियार र ४५ सदस्य गरि जम्मा ५५सदस्यीय ईकाई गठन गरिएको हो ।

उक्त कार्यक्रमको सभाअध्यक्ष नेविसंघ सल्यानका उपाध्यक्ष प्रेमनारायण वि क,प्रमुख अतिथि नेपाली काँग्रेस का जिल्ला सदस्य आईतु ओलि अतिथि मा तरूणदल सिद्धकुमाख गा पा उपाध्यक्ष धनेश बुढाथोकी,तरूणदल दार्मा गा पा कोषाध्यक्ष दिपेन्द्र चन्द ,कमल रावत,सन्तोष कवर को उपस्थित रहेको थियो ।

कार्यक्रममा नेविसंघ उपाध्यक्ष वि क ले विद्यार्थीहरूलाई नेविसंघको बारेमा जानकारि गराउदै विद्यार्थी हरूको हक अधिकार सुनिश्चितता को लागि नेविसंघको विकल्प नभएको बताएकाछन । प्रमुख अतिथि ओलीले  विद्यार्थीहरूमा कुनै समस्या आईपरे सिङ्गो नेपाली काँग्रेसले अभिभवकत्व कायम राख्ने बताएका छन । कार्यक्रमको सहजिकरण नेविसंघ सल्यानका प्रवक्ता मोहन वलिले गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्