दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी र स्थानीय कलवको प्रदर्शन

23


सल्यान,२९ माघ।सल्यानमा आज स्थानीय क्लव तथा बिद्यार्थीहरुको संयुक्त र्याली प्रदर्शन गरिएको छ।शिव जन माध्यमिक बिद्यालय शीतलपाटीबाट सुरुभएको र्यालीले पूरै श्रीनगर बजार परिकर्म गरेको हो।बैतडी की सत्र वर्षीया बालिका भागीरथी भट्टको पक्षमा उनिहरुले र्याली प्रदर्शन गरेका हुन।स्थानीय नव शक्ति युवा कलवको आयोजना रहेको कार्यक्रममा शिवजन,ब्राइट पर्ल,मोडर्न तुल्सी र मित्रप्याराडाइज माध्यमिक बिद्यालाका बिद्यार्थीहरुको सहभागीता रहेको थियो।र्यालीमा हामी केहि जान्दैनौ,न्याय नपाई मान्दनौ”जस्टिस फर भागीरथी र हत्यारालाई फासी दे सम्बिधानमा टासी दे जस्ता चर्का नाराहरु प्रस्तुत गरिएका थिए ।भागिरथिको गत बिहीबार ह्त्या गरिएको अवस्थामा सव भेटिएको थियो।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्