प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने भन्दै नागरीकहरुले गरे बृहत आन्दोलन

15

काठ्मान्डौ,३० माघ ।प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।

जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् ।
बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले भनिन्, ‘थोरैमात्रै नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्दछ ।’

बलात्कारविरुद्धको रोस ह्यासट्याग अभियानकी हिमा विष्टले निर्मला पन्त, सम्झना बिक, भागरथी भट्ट लगायतको बलात्कारपछि हत्या हुनुमा शासकहरू नै दोषी रहेको बताइन् ।

महिलाको आवाज दबाउने, शान्ति सुरक्षा नदिने प्रतिगामी शासकविरुद्ध गाउँ, शहरबाट महिलाहरूलाई उठ्न उनले आव्हान गरिन् । कार्यक्रममा उनले भनिन्, ‘म अधवैसे भइसकें, अब गाउँ–गाउँ, शहर–शहरबाट किसोरीहरूले उठ्नुपर्छ ।’

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्